Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीलाई प्रचण्डको प्रश्न - तीन वर्षमै संसद् विघटन गर्ने, अब फेरि के भनेर भोट माग्नु हुन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाज पचाएर भाषण गरेर हिँडेको टिप्पणी गरेका छन् ।

रामेछाप जिल्लाका एमालेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले ओलीले आफूले जनताका अगाडि गएर उखान टुक्का हानेर हसाउँदैमा भोट पाउँछु भन्ने ठानेको टिप्पणी गरेका हुन् ।

‘केपी ओली लाज पचाएर भाषण गरेर हिँडेको देख्छु। उनलाई नै प्रधानमन्त्री बनाइदिएको होइन ? उनले न दुई–तिहाइको सरकार बचाउन सके। दुई–तिहाइ हुँदा पनि पटक–पटक संसद् विघटन गरे। पार्टीलाई पनि बचाउन सकेनन्। पार्टीलाई विभाजन तर्फ लगे। अहिले के भनेर भोट माग्न गएका हुन् ? मलाई अनौठो लाग्छ । नेपालका जनतालाई उल्लु ठानेका हुन् छन् कि !’

उनले थपे, ‘हिजो दुई–तिहाइको सरकार दिँदा पनि उनले आफैँले विघटन गरे। संसद् बचाउन सकेनन्। तीन वर्षमै संसद् विघटन गरेर संविधान च्यात्न खोज्ने, अब फेरि के भनेर भोट माग्ने ? नेपालका जनताको बुद्धि छैन। मैले उखानटुक्का भने हँसाइदिए भने मलाई भोट हाल्छन् भन्ठानेका हुन् कि !’

साथै ओली आफू प्रधानमन्त्री भएपछि संविधान मिचेर पटक पटक प्रतिनिधि सभा विघटन गरेको जिकिर समेत अध्यक्ष प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077