Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक दलले जनतालाई भ्रममा पार्ने झुट्टा आश्वासन दिनु हुन्न : बालकृष्ण खाँण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र ३ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका कांग्रेस केन्द्रीय सदस्य आँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा यसते बताएका हुन् ।

साथै उनले पाँच दलीय गठबन्धनले झुट्टा आश्वासन पनि नदिने बताए । केही राजनीतिक दलका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो भन्दै झुट्टा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको उनको आरोप छ ।

निर्वाचन जित्न जनतालाई भ्रममा पार्ने नेताहरू सफल नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077