Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीद्धारा नागढुङ्गा नौबीसे सुरुङमार्ग अवलोकन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरूङमार्गको अवलोकन गरेका छन्।

आइतबार ओलीले नौबीसे तर्फबाट निर्माण भइरहेको सुरूङको भ्रमण अवलोकन गरेका हुन्।

बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो।

शिलान्यासको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम सुरु भएको थियो। सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट शुरु भई त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बु नजिकै जोडिनेछ।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाबीच सन् २०१६ मा सुरुङमार्ग निर्माणको सम्झौता भएको थियो। आयोजनाको लागत २२ अर्ब अनुमान गरिएको छ।

अवलोकनका क्रममा अध्यक्ष ओलीले कामको जानकारी लिनुका साथै सामूहिक तस्वीरसमेत खिचाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077