Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही-२ का एमाले उम्मेदवार पौडेलद्धारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

बुटवलमा आज एक कार्यक्रमबीच एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा उम्मेदवार पौडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धता सार्वजनिक गर्दै नेता पौडेलले भविष्यमा रुपन्देही २ मात्र नभई जिल्लालाई नै विकासको रोलमोडेल बनाउने घोषणा गरे ।

पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रूपमा राखेको कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने बताएका छन् ।

प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्य अघि बढाइनेछ ।’

यस्तै वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ घोषणापत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077