Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका एकसय भन्दाबढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

सिरहा । सिरहामा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश गरेको छ ।

गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन्।

गोलबजार-४ भट्टटोलमा एक समारोहको आयोजना गरी पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन्।

गोलबजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार- ६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

नवआगन्तुकहरुलाई नेता साहले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको कार्यमा जुट्न समेत अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077