Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन अनुगमनका लागि ४ देशका प्रमुख आयुक्त नेपाल आउने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अनुगमन गर्नका लागि भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउने भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताएका छन् ।

निर्वाचन अनुगमनका लागि आयोगले नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति कमाएका अनुभवी व्यक्ति र संस्थालाई आमन्त्रण गरेको थियो ।

आयोगका अनुसार निर्वाचन अनुगमन गर्न रुस, डेनमार्क र बंगलादेशका वर्यवेक्षक पनि आउनेछन् । यसबाहेक अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पनि निर्वाचन अनुगमनको स्वीकृति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077