Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटायो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ ।

आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो ।

स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम २ लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् ।

आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो । वडाले गरेको सिफारिसका आधारमा मतदाताको नाम हटाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077