Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसका उम्मेदवारलाई देउवाले बाँडे ‘बाटो खर्च’ सात करोड २२ लाख

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएका हुन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेको उनले बताए ।

अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077