Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चालु आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा ठगी दोब्बर

काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड १९ को संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरू पनि बढेका हुन् ।

गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेको युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । चालू आवको तीन महिनामा यो रकम बढेर १९ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा झण्डै दोब्बर हो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी ९ करोड २ लाख रुपैयाँ रहेको थियो ।

कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोजगारीले गति विभागका निर्देशक कृष्णप्रसाद ज्ञावालीले बताए । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077