Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयोगले सेतोपाटीलाई भन्यो - २४ घण्टाभित्र समाचार हटाउनू, तीन प्रश्नको जवाफ पनि दिनू

काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी डटकमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलका परिवारको सदस्यका बारेमा समाचार प्रकाशित भएपछि सेतोपाटीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

सेतोपाटी डटकमले शुक्रबार 'अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै' शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचार २४ घण्टाभित्र हटाउन र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (ण) मा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामाग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन नहुने व्यवस्था रहेको छ भने दफा २५ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ज) मा राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुयाउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ ।

'निर्वाचन आचरसंहितामा उल्लिखित व्यवस्था रहेको सन्दर्भमा निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा निजको परिवारको चरित्र हत्या गर्ने वा व्यक्तिगत लाञ्छना लगाउने गरि सेतोपाटी डट कममा उक्त समाचार प्रकाशन भएको देखिएकोले (२४) चौबीस घण्टा भित्र सो समाचार तत्काल हटाइ देहायका विषयमा स्पष्ट जवाफ उपलब्ध गराई दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ,' स्पष्टीकरण सोधिएको पत्रमा भनिएको छ ।

आयोगले समाचार २४ घण्टाभित्र हटाएर तीनवटा प्रश्नको स्पष्ट जवाफ दिन भनेको छ ।

१. सेतोपाटी डट कमको मिति २०७९।०७।१८ को 'अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै' शीर्षकमा प्रकाशित समाचारले उम्मेदवार तथा निजको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुयाउने देखिएकाले त्यसरी सामाचार प्रकाशन गर्नु निर्वाचन आचारसंहिता विपरीत हो होइन ?

२. सञ्चार प्रतिष्ठानले उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुयाउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न मिल्छ मिल्दैन ?

३. निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ण) तथा दफा २५ को खण्ड (ज) विपरीतको कार्य गरेको देखिँदा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम सेतोपाटी डट कमलाई कारवाही किन गर्नु नपर्ने हो ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077