Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सत्ता गठबन्धन दलका घोषणापत्र शब्दहरुको थुप्रोमात्र हुन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको टिप्पणी गरेका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउका हुन् । उनले जनता अलमल्याउने गरी जादुगरी कुराहरु राखेर घोषणापत्र बनाएको भन्दै आलोचना गरे ।

चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र सत्तारुढ दलहरुले घोषणापत्र ल्याएको भन्दै ओलीले उनीहरुसँग कुनै योजना र कार्यक्रम नभएको आरोप लगाए ।

ओलीले भने, ‘घोषणापत्र नामका चिज निकाल्दैछन्, निकाल्नैपर्ने हुनाले निकालेका हुन्, यिनीहरुको घोषणापत्रमा केही छैन, पोलिटिकल पार्टीले प्रोग्राम दिनुपर्‍यो, सोच हुनुपर्‍यो, यिनका घोषणापत्र शब्दहरुको थुप्रो हो ।’

४ मंसिरको चुनावबाट एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्तिको रुपमा आउन नसक्ने ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077