Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीद्वारा भारतीय गुप्तचर प्रमुख गोयलसँग गोप्य रुपमा भेटवार्ता गरेको स्वीकार

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गोप्य रुपमा भेटवार्ता गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा गोप्य रूपमा गोयलसँग भेटवार्ता गरेको स्वीकार गरेका हुन् ।

सरकारले लिपुलेक र लिम्पियाधुरासहितको नक्सा संसदबाट पारित गरेपछि गोयल चार्टर्ड जहाजमार्फत कात्तिक ५ गते बिहान सुटुक्क काठमाडौं आएर राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो वार्ता गरेका थिए ।

‘सामन्त योगलसँगको भेटको प्रसङ्ग उठ्यो । सामन्त गोयल नेपाल आएका हुन् । थुप्रै भारतीय नेता नेपाल आएका हुन् । र, महत्वपूर्ण व्यक्तिहरूले मसँग भेटेका हुन् । उनीहरूले मसँग भेट्नु अनौठो कुरा होइन,' अध्यक्ष ओलीले भने ।

देशका प्रधानमन्त्रीले अर्को देशका गुप्तचर संस्थाका प्रमुखसँग विना कुनै जानकारी गोप्य रुपमा भेटेको भन्दै त्यो समय अध्यक्ष ओलीले आलोचना खेप्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077