Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले भने - विशाल भारतले सीमाना सारेको सुहाउँदैन

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिंकर भञ्याङको बाटो निर्माणमा भारतले सानो चित्त गर्न नहुने बताएका छन् ।

दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दै उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरेका हुन् ।

ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्‍यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन ।

ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भएपनि सीमाना सार्छ । यो सुहाउँदैन ।’

भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको बताए । आफूले भारतका शीर्ष नेताहरुलाई भनिरहेको समेत बताए ।

भारत भ्रमणमा जाँदा भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको बताए । भारतको त्यो प्रवृत्ति गलत भएकोले त्यस्तो नगर्न सभाबाटै भारतीय नेताहरूलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077