Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन : केपी ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् ।

दार्चुलाबाट एमालेको चुनावी सभालाई संम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन् । उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ ।

चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’  उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

दार्चुलाको चुनावी सभालाई सम्बोधन गरेर ओली आजै कञ्चनपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077