Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनाव जित्न प्रधानमन्त्री देउवाले गन्यापधुरामा मेडिकल कलेज खोल्छु भने : केपी ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव जित्न शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने आश्वासन बाडिरहेको बताएका छन् ।

शुक्रवार बिहान कैलाली स्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘गेटामा ७ अर्बका पूर्वाधार तयार छन् । ९० विघाभन्दा बढी जग्गामा पूर्वाधार बनेका छन् । त्यो ठाउँमा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै हो।’

उनले ७ अर्बका पूर्वाधार बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाउनु भनेको सरकारको अकर्मण्यता भएको आरोप लगाए ।

ओलीले आजै कालापानी लिपुलेक भएको जिल्ला दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दैछन् ।

दार्चुलाको चुनावी सभापछि ओलीले बैतडीको पाटन र त्यसपछि आजै कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077