Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसाल भन्छन्- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो

रुपन्देही । घनश्याम भुसालले 'सुखी नेपाली, समृद्ध नेपाल' को एजेन्डा आफ्नो प्रस्ताव भएको बताएका छन् । रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।

पूर्व नेकपा एमालेका नेता सममेत रहेका भुसालले त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई सम्बृद्धिको दिशामा लैजान सक्ने दावी गरे ।

सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना सम्बृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौँ भनेर प्रश्न गर्न भुसालले आग्रह गरे ।

मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077