Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज कार्तिक १८ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल कार्तिक १८ गते शुक्रवारको राशिफल ।

मेष

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मिथुन

सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

सिंह

आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

तुला

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।

धनु

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कुम्भ

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

बृष

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

कर्कट

आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या

चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम प्रसङ्ग या पारिवारिक सद्भाव बढ्नेछ ।

बृश्चिक

आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मकर

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ ।

मीन

आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पनि पुरा हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077