Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको बताएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

उनले पार्टीको विचार फरक फरक भए पनि राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको बताए । 'राजनीतिमा स्थायी शत्रु कोही हुँदैन, त्यसैले माओवादी लगायतका दलसँग गठबन्धन गरिएको हो,' उनले भने ।

यस्तै उनले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताए । वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने उनको भनाई छ । देशको स्वाभिमान बचाउन र संविधानको रक्षा गर्न आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077