Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच हजार घुससहित प्रहरी नायब निरीक्षक चौधरी रंगेहात पक्राउ

धनुषा । धनुषाका प्रहरी नायब निरीक्षक देवकी लाल चौधरी घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

धनुषाको जटहीस्थित सीमा प्रहरी चौकीमा कार्यरत चौधरीले एक जना सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिएको भेटिएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अहिले अख्तियारको टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077