Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 711
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेकाे छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो बाचापत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले यस्ताे घोषणा गरेको हाे ।



    रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासन: जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा बिहिबार सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागू गर्ने भएकाे छ ।



    निर्धारित समयभित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गर्ने समेत बाचा पत्रमा लेखिएको छ । स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपूर्ति दिने समेत उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार