Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको स्वागत गर्न लाइनमा बसे प्रतिस्पर्धी ढकाल

डडेल्धुरा । चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा बसेका छन् ।

ढकाल अरुसँगै हातमा माला बोकेर देउवाको स्वागतका लागि लाइन लागेका हुन् । देउवाले आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दैछन् ।

उनी चार दिन त्यहाँ बस्नेछन् । देउवाले झपारेर चर्चामा आएका गुल्मीका ढकाल हजुरबुबालाई आराम दिने नाति पुस्ताले निर्णय गरेको भन्दै चुनावमा होमिएका छन् ।

ढकाललाई पाँच वर्षअघि देउवाले प्रधानमन्त्री रहेकै बेला बीबीसीको साझा सवाल कार्यक्रममा झपारेका थिए । त्यस क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उम्मेदवार छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077