Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेका हुन् ।

लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिइएको छ । स्वतन्त्र पार्टीले पार्टीले स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्त बाचापत्रमार्फत ल्याएको छ ।

रविको पार्टीले घोषणापत्रमा २४ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि वकालत गरेका छन् ।

त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने,

जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077