Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।

महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077