Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओली आज धनगढी जाँदै, भोलि दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी जाने भएका छन्।

चुनावी देश दौडाहाको सुरुवात गर्न ओली सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी जाने भएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम जान लागेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।

उनका अनुसार ओली बिहीबार साँझ धनगढी पुग्ने छन्। ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको भण्डारीले बताए।

एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ।

दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। यस्तै भोलि नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077