Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

बिहीबार बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा घोषणापत्र सार्वजनिक गर्न लागिउको हो ।

पहिलोपटक आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको घोषणापत्र सार्वजनिक गर्नेछन् ।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपा, लोसपा र जनमोर्चा लगायतका दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077