Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रमुख निर्वाचन आयुक्तले भने - मतगणना स्थलमा तारजाली लगाउँदैनौं

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका छन्।

विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो।

मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा भने राख्ने आयोगको भनाइ छ।

आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भने, ‘तारजाली लगाएर छेकेर मतगणना सुरक्षित हुन्छ भन्नेबाट माथि उठ्नुपर्‍यो। लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ। सुरक्षाका अन्य विधि हामी अबलम्बन गर्छौं।’

त्यस्तै,  निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरूले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका वेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077