काठमाडौं । निर्वाचन आयोगले निर्वाचन स्वच्छ र भयरहित बनाउन निर्वाचन सुरक्षा योजना पुनरावलोकन गर्ने बताएको छ ।
बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा योजना पुनरावलोकन गर्ने बताएका हुन् ।
थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको बताए ।
प्रमुख थपलियाले भने, ‘सुरक्षा योजनाको पुनरावलोकन गर्छौ । निर्वाचन बिथोल्न दिने छैनौ, यसमा हामी सचेत छौ ।’
आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।