काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन खर्चको हिसाब बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि निर्वाचनका लागि खुला रुपमा प्रचार गर्न पाउने जानकारी दिएको छ ।
आयोगको अनुसार दुई चरणको प्रचारशैलीमध्ये एक चरणको सकिएर कात्तिक १७ गतेदेखि अर्को चरण सुरु हुनेछ ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई दण्ड‚ जरिवाना भने आयोगले नै निर्क्योल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र पोखरेलले बताए । उम्मेदवारको निर्वाचनसम्बन्धी खर्च अरूले गर्न नपाइनेसमेत आयोगले स्पष्ट पारेको छ ।