Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस प्रवक्ता महतले भने – चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हुन्

    कांग्रेस प्रवक्ता महतले भने – चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हुन्

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 693
    SHARES

    बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

    रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यस्तो बताएका हुन् ।



    उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने बताए ।



    नेता महतले कांग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गरे ।

    उनले भने, ‘गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको प्रधानमन्त्री शेरबहादुर नै बन्नुहुनेछ ।’

    नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार