Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाले भन्यो - अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास नरोके कडा जवाफ दिन्छौं

एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द नगरे कडा जवाफ दिने चेतावनी दिएको छ ।

मङ्गलवारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको पाँच दिने संयुक्त हवाई सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी दिएको हो ।

‘यदि अमेरिकाले लगातार गम्भीर सैन्य उत्तेजना जारी राख्यो भने उत्तर कोरियाले थप शक्तिशाली आणविक परिक्षणहरू गर्नेछ’, उत्तर कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यासहरू बन्द नगरेमा सबै नतिजाको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने उत्तर कोरियाको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077