Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवलपरासीमा माओवादीका दुई बागीले गरे उम्मेदवारी निष्क्रिय

नवलपरासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन् । ढकाल पार्टीका प्रदेश परिषद सदस्य हुन् ।

विज्ञप्तिमा उनीहरूले गठबन्धन विपरीत कांग्रेसले अनधिकृत रूपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाव दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दिनु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077