Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले सच्यायो घोषणापत्र, भन्यो - वार्षिक ३०० युनिट बिजुली निःशुल्क हुनु पर्नेमा 'मासिक २०० युनिट’ भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको चुनावी घोषणापत्र सच्चाएको छ । समाजवादीले सार्वजनिक गरेको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको हो ।

सो पार्टीका उपमहासचिव डा.विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २ सय युनिट विद्युत निःशुल्क हुन पुगेको भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सच्याएका छन् ।

पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘घोषणापत्र बारे– प्रुफको गल्तीले ‘वार्षिक ३०० युनिट बिजुली निःशुल्क’ हुनु पर्नेमा ‘मासिक २०० युनिट’ भएछ ।’

उनले त्यसको प्रमाण स्थानीय चुनावका लागी लेखिएको घोषणापत्र साक्षी रहेको भन्दै सबैलाई सोही अनुसार बुझिदिनु हुन अनुरोधसहित प्रुफ गल्तीका लागि क्षमा मागेका छन् ।

नेकपा एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्थाका साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिने सोमबार सार्वजनिक घोषणापत्रमा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077