Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सभापति देउवाको निर्देशन – व्यापक जनमत बनाउने गरी प्रचारप्रसार अभियान सञ्चालन गर्नू

    सभापति देउवाको निर्देशन – व्यापक जनमत बनाउने गरी प्रचारप्रसार अभियान सञ्चालन गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पक्षमा ब्यापक जनमत बनाउने ढंगले निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

    पार्टीको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९,केन्द्रीय प्रचार प्रसार समितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।



    जुम प्रविधिमार्फत सोमबार अपरान्ह बसेको बैठकलाई सभापति देउवाले सम्बोधन गरेका थिए । उनले प्रचार प्रसार समितिका सदस्यहरुलाई लोकतन्त्रिक पद्धति र संविधानको रक्षाका लागि कांग्रेसका पक्षमा ब्यापक जनमत बनाउने ढंगले निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिए ।



    देउवाले अघिल्लो निर्वाचनमा कांग्रेस कम सिटमा विजयी हुँदा देशको आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक पद्धतिको विकासमा आएको अवरोधलाई ध्यानमा राखेर यसपटक कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुको बीच चुनावी तालमेल भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार