Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागूऔषध नाइट्राभेट ट्याव्लेटसहित आनन्द पक्राउ

काठमाडौं । भक्तपुरबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागुऔषध विक्री वितरण तथा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले रमेशकुमार आनन्दलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लाहान नगरपालिका -४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनलाई नाइट्राभेट-६०० सय थान ट्याव्लेट लागूऔषधसहित नियन्त्रणमा लिएको परिसरले जनाएको छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077