Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले कात्तिक १८ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

आयोगले मतदाता शिक्षा कार्यक्रम एक करोड ८० लाख मतदातासम्म पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो ।

मतदान गर्ने तरिका, मतपत्र मत पेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077