Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले यस्तो बताएका हुन् ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे ।

भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो ।

अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको

त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’

नेता भूसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाए ।

भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसविरुद्ध आन्दोलन गर्नु परेको जिकिरसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077