Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ

काठमाडौं । देशमा विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रुपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ चौघडा बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ८ सय २० रुपैयाँ र १७ थान कौडा सहित पक्राउ गरेको हो ।

सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ महुली बजार बस्ने सिताराम मेहताको घरमा जुवातास खेलिरहेको अवस्थामा कंचनरुप नगरपालिका-१२ बस्ने ३६ वर्षीय दिपक भट्टराई लगायत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार २ सय ८५ रूपैयाँ र तास १२ बुक सहित पक्रउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077