Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077