Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिनिधिसभा चुनावमा डेढ सय सिट जित्ने मिसनमा छौं : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । गृहजिल्ला झापाको दमकमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् ।

उनले देशभरबाट १५० सिट जित्ने लक्ष्य पार्टीले राखेको बताए । उनले प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकमा ५० सिट एमालेले जित्ने आँकलन प्रस्तुत गरे ।

ओलीले भने, ‘अघिल्लो चुनावमा प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट नेकपाले जितेको थियो । तर, दुई तिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । तर, अहिले हामी एक्लै १५० सिट जित्ने मिसनमा अघि बढेका छौं ।’

झापामा राप्रपाले एमाले उम्मेदवारलाई भोट दिनेमा ओलीले कार्यकर्तालाई आश्वस्त तुल्याए । झापामा एमालेले राप्रपासँग तालमेल गरेको छ ।

झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् । यो सहमति चुनावमा कार्यान्वयन हुने ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077