Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलायो : केपी ओली

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताप्रति प्रतिबद्ध नेता रोज्न आग्रह गरेका छन् । आज झापा–३ मा आयोजित एमाले–राप्रपाको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले अहिले देशको राजनीति दुई चिरामा बाँडिएको बताए । एउटा कित्तामा राष्ट्रियता पक्षधर र अर्को कित्तामा राष्ट्रविरोधि शक्तिहरू रहेको उनको भनाइ छ ।

कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले आरोप लगाए ।

ओलीले भने, ‘यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो । तर, जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ । जनतालाई भिष्मपितामहले सरसैयामा सुतेजस्तो भएको छ ।’

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको मूल्यांकन गर्दा उनले आफ्नो क्षेत्रमा विकास गरे कि गरेनन् भनेर नहेर्न आग्रह गरे । सत्तामा कहिल्यै नपुगेकाले उनले विकासको परीक्षा दिन नपाएको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077