Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकपमा आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द

एजेन्सी । अष्ट्रेलियामा जारी टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ ।

मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् ।

तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ ।

समान अंक रहेको न्युजिल्याण्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तानले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077