Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुवा खालबाट पौने ४ लाखसहित १८ जना पक्राउ

काठमाडौं । काठमाडौंको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् ।

नागर्जुन नगरपालिका-७ स्वीजरल्याण्डपार्कनजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ नगद, १५ बुक तास र कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई प्रहरी वृत्त स्वयम्भूमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077