Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानविरुद्ध जिम्बावेको रोमाञ्चक जित

एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा जिम्बावेले रोचक जित हात पारेको छ । बिहीबार पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि शन मसुदले ४४ रन बनाए ।बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो ।

यो जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह २ को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077