Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जंगली हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी महिलाको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १० कार्तिक २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    सिमरा । बाराको जितपुरसिमरा उपमहानगर वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

    ५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।



    जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी खातुनको परिवारलाई तत्काल किरिया खर्च ५० हजार र राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निकुञ्जले जनाएको छ ।



    एकसाता अघि पनि पर्सा निकुञ्जभित्रै आफैले पालेको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको थियो । अमलेखगंजस्थित नेपाल आयल निगम अगाडी रहेको पार्किङ नजिकको जंगलमा खातुनलाई हात्तीले आक्रमण गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार