Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लोसपाका दुई केन्द्रीय सदस्यसहित १० जना एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्यसहित १० जना नेकपा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष निवास बालकोट पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेमा लोसपाका केन्द्रीय सदस्यद्वय राजाराम साह र प्रिया रानी रश्मी सिंह, प्रदेश कमिटी सदस्य राजकुमार सिंहसहित जिल्ला कमिटीका सदस्य र अन्य रहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गर्ने क्रममा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल, बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एकबाल मिया उपस्थित थिए।

पूर्वमन्त्री मियाको पहलमा उनीहरूलाई एमालेमा प्रवेश गराइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077