Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा ओलीलाई विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेल भाइटीका लगाइ दिएका हुन् ।

उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि उनीहरुलाई टिका लगाइदिएका छन् । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।

दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पंचरंगी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदै छ ।

टीकापछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए।

ओली भने, 'आज भाइटीकाको दिन हुँदैन थियो भने दिदीबहिनीहरूसँग यस्तो भेटघाट हुँदैन थियो। यो भेटघाट भाइटीकाको कारणले सम्भव छ। चाडहरू विशेष अर्थ र महत्वका हुन्छन्। यो पनि विशेष अर्थ र महत्वको छ।'

भाइटीकाले दिदिबहिनीहरूसँग मिल्ने अवसर जुटाएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077