Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अनुशासन उल्लंघन गरेको भन्दै एमालेका तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका तीन नेता पार्टीबाट निष्कासित भएका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई निष्कासित गरेको हो ।

उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रदेश सचिव सचिव धर्मराज पाठकले बताए ।

उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध गतिविधि गरेको एमालेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077