Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि भाइटीकाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077