Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो -‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्नु

काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ।

‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रुपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो ।

४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति,

भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ ।

त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077