Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनता देशका मालिक हुन्, जनताको आदेशमा सरकार र पार्टी चल्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसरमा आज सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बतटाएका हुन् ।

उनले भने, ‘जनतालाई के विश्वास दिलाउन चाहन्छु भने– जनता यो देशका मालिक हुन् । यसै कारण सार्वभौमसत्ता सम्पन्न जनताको आदेशमा, उसको निर्णयमा सब पार्टी चल्नुपर्छ, सरकार चल्नुपर्छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077